Rule 61
विशेष शिक्षा परिषद्
(१) विशेष शिक्षा सम्बन्धी नीति निर्माण तथा व्यवस्थापन समेत गर्नको लागि देहायका सदस्यहरु रहेको एक विशेष शिक्षा परिषद् रहनेछः–
(क) शिक्षा मन्त्री वा राज्यमन्त्री – अध्यक्ष
(ख) ………………
(ग) सदस्य,राष्ट्रिय योजना आयोग (शिक्षा हेर्ने) – सदस्य
(घ) मन्त्रालयको सचिव– सदस्य
(ङ) सहसचिव, (शैक्षिक प्रशासन हेर्ने) मन्त्रालय – सदस्य
(च) प्रतिनिधि, अर्थ मन्त्रालय – सदस्य
(छ) प्रतिनिधि, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय – सदस्य
(ज) प्रमुख, नाक, कान, घाँटी विभाग, वीर अस्पताल – सदस्य
(झ) अध्यक्ष, राष्ट्रिय अपा· महासंघ – सदस्य
(ञ) विशेष शिक्षा सम्बन्धी विशेषज्ञहरु मध्येबाट मन्त्रालयले मनोनीत गरेको एकजना – सदस्य
(ट) विशेष शिक्षा अध्यापन गराउने शिक्षकहरु मध्येबाट विशेष शिक्षा परिषद्ले मनोनीत गरेको एकजना – सदस्य
(ठ) अपाङ्गकाे उत्थानमा विशेष योगदान दिएका अपा·हरु मध्येबाट विशेष शिक्षा परिषद्ले मनोनीत गरेको एकजना – सदस्य
(ड) महानिर्देशक – सदस्य–सचिव
(२) उपनियम (१) बमोजिम मनोनीत सदस्यको पदावधि तीन वर्षको हुनेछ ।
(३) विशेष शिक्षा परिषद्को सचिवालय विभागमा रहनेछ ।
(४) विशेष शिक्षा परिषद्को बैठक सम्बन्धी कार्यविधि सो परिषद् आफैले निर्धारण गरे बमोजिम हुनेछ ।